एकपटक स्वामी विवेकानन्द काशीको एउटा साँघुरो गल्लीमा हिडिरहेका थिए। बाटोमा बाँदरको एक हुलसँग उनको जम्काभेट भयो। उनी डराएर फर्किन थाले। उनी भाग्न लागेको देखेर बाँदरको झुण्ड झन् उनीमाथि खनिन थाल्यो
। बाँदरहरूले उनको कपडा च्यात्ने र हिर्काउने गर्न थाले। उनको यस्तो दुर्दशा देखेपछी छेउको घरबाट एकजना मानिस निस्किए र भने 'ए बाबु नभाग, बरू निडर भएर तिनीहरू तिर अघि बढ।' विवेकानन्दले त्यसै गरे, उनी छाती फुलाएर अघि बढे । सारा बादँर पर पर भागे। आक्रमण गर्ने प्रयत्न गर्थे तर सकेनन्।
पछि विवेकानन्दले यो घट्ना स्मरण गर्दै भनेका थिए, 'प्रतीकूल स्थिती आए, बाधाहरू आए भने डराएर भाग्नु हुदैन, बरू छाती फुलाएर दृढ निश्चयले अगाडि बढ्नु पर्छ। यसरी नै तिनीहरूबाट पार पाइनुका साथै सफलता हासिल हुनसक्छ।'