काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ। बैठकमा हर्कराज राईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन्। अब यी विधेयकहरूबारे छलफल गर्न प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।