काठमाडौं – गुगलले सुगर डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । सेप्टेम्बर १ तारिख देखि लागू हुने गरी गुगलले यो प्रतिबन्ध लगाएको हो ।
विशेष गरी युवायुवतीहरू आफू भन्दा धेरै उमेर भएका पुरुष वा महिलासँग पैसाको लागि सम्बन्धमा बस्ने अवस्थालाई ‘सुगर रिलेशन’ भनिन्छ ।
सुगर शब्दको अर्थ दुई व्यक्ति सम्बन्धमा रहँदा एकले अर्कोलाई महँगो उपहारहरू दिने, घुमाउन लाने, पैसा दिने जस्ता गतिविधिहरू हुन्छन् । पुरुष भएको खण्डमा सुगर ड्याडी भनिन्छ भने महिला भएको खण्डमा सुगर ममी भन्ने गरिन्छ ।
गुगल भने यस खालका सम्बन्धलाई प्रोत्साहन गर्ने एपहरूको पक्षमा नभएको देखिएको छ । गुगल प्ले स्टोरमा डेटिङसँग सम्बन्धित सयौँ एपहरू उपलब्ध छन् ।
ती मध्ये एकदमै नाम कमाएका एप टिन्डर, बम्बल र ओकेक्युपिड हुन् । यी एपहरू पनि सुगर ड्याडी एपको रुपमा चिनिन्छन् । तर गुगलले भने टिन्डरलाई सुगर ड्याडी एपको रुपमा मूल्याङ्कन गरेको छैन ।
अब यस्ता सुगर डेटिङ एपहरू गुगलको नीति विपरित हुने कम्पनीले बताएको छ ।