काठमाडौं – नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बसिरहेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका थिए ।
जारी बैठकले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउने सम्भावना रहेको छ ।
माओवादीले शेरबहादुर देउवा सरकारमा ७ मन्त्रालयको भागवण्डा पाउने बताइएको छ । यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन् ।
सम्बन्धित समाचारः
प्रचण्डको दौडधुपः प्रदेश प्रमुख हटाउनेदेखि मन्त्रिपरिषद् विस्तारसम्मको तयारी