नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । योसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री बनेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले केहीवेरमा शपथ लिँदैछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जानेछ ।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
देउवाको शपथ ग्रहणसँगै केही मन्त्री निय्क्त गर्ने तयारी छ । त्यसका लागि पार्टीहरू छलफलमा छन् ।
सम्बन्धित समाचारः
मन्त्री छनौटमा व्यस्त ३ पार्टी, को–के गर्दैछन् ?