काठमाडौं – कैलालीको भजनी नगरपालिका–४ झलझलियामा अन्तरजातीय विवाह गरेर २१ दिनदेखि जंगलमा लुकेर बसिरहेको जोडिमाथि आक्रमण भएको छ ।
उनीहरू शुक्रबार दिउँसो घर आएका थिए । घर आएपछि युवक प्रकाश विश्वकर्मामाथि युवती पक्षले आक्रमण गरी युवतीलाई टीकापुर लगेको छ । केटीपक्षका आफन्तले विश्वकर्माविरुद्ध जवरजस्ती विवाह गरेको मुद्धा हाल्ने धम्की र रुकुम हत्याकण्डामा नवराजलाई मारेजसरी उनलाई पनि मारिदिने धम्की दिएपछि अहिले यो जोडी २१ दिनदेखि जंगलमा लुकेर बसिरहेको थियो ।
उनीहरुले आफूहरुको ज्यान जोखिममा भएको भन्दै आफूहरुलाई सबैले सहयोग गरिदिन याचना गर्दै जंगलबाटै एउटा भिडियो बनाएको थिए । उनीहरुले बनाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
इलाका प्रहरी कार्यालयका भजनीका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी नेपाल पब्लिकलाई दिएका थिए ।
सम्बन्धित समाचारः
दलित समुदायमाथि श्रृंखलाबद्ध आक्रमण, कैलालीमा अन्तरजातीय विवाह गरेको जोडी २१ दिनदेखि जंगलमा