विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि ECMO (एक्मो) प्रविधिबाट मेडिसिटी अस्पतालमा उपचाररत थापाको केही बेरअघि निधन भएको थापाको पारिवारिक स्रोतले जनाएको छ।
थापाको निधनपछि परिवारका सदस्य अस्पतालमा पुगेका छन् र पत्नीको हस्ताक्षरपछि थापाको शवलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने तयारी भइरहेको छ।
थापाको निधनबारे अस्पताल अहिले विज्ञप्ति जारी गर्ने क्रममा रहेकाे छ।