राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धी तीन अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश,राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमाेजिम राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
