पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुझाव मागेका छन्। आइतबार राती आफ्नो आधिकारीक फेसबुकमा पोष्ट हाल्दै प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका थिए। जवाफमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघका उपाध्यक्ष सञ्जिव कुमार झा सुरजले फेसबुकमार्फत नै कडा प्रतिकृया दिएका छन्।
उनले प्रचण्डलाई सुझाव दिँदै पहिला आफ्नो पार्टीको लिङ्ग छुुट्याउन सुझाव दिएका छन्। ‘पार्टी कस्तो बनाउने हैन, पहिला पार्टीको लिङ्ग छुट्याउनेतिर लाग अनि दिउला सल्लाह,’ उनले लेखेका छन्। उपाध्यक्ष सुरजले प्रचण्डलाई भष्माशुरको संज्ञा दिँदै सधै अर्काको पार्टी बिगार्नतर्फ लागेकाले आज यस्तो अवस्था आएको बताएका छन्।
उनी लेख्छन्, ‘ कहिले श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीको पाउ पर्यौ। कहिले साँस फेर्न पनि रुखको छहारी चाहियो। फेरी आफुँलाई हेग पुर्याउछु भन्ने अर्का अपराधी बाबुरामको शरण पनि पर्यौ। जे गर्दा पनि दाल गलेन हैन? जहाँ पाईला टेक्यो त्यहि ठाँउलाई भष्म पार्ने भष्माशुर तिमी अहिले पार्टीलाई कस्तो बनाउने भनेर सल्लाह माग्दै छौ अरे। स्वघोषित गौरवशाली कमरेड, जिन्गदगीभर अरुको पार्टी बिगार्नतिर नलागेको भए आफैँ राम्रो बन्थ्यो तिम्रो पार्टी। अहिले यसरी भिख माग्नुपर्ने थिएन्।’
प्रचण्डले फेसबुकमा लेखेका थिए यस्तोः हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ। आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। धन्यवाद!! ईमेल ठेगानाः [email protected]