काठमाडौँ, ५ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको फाइनल खेलमा पनि किफायती बलिङ गरेका छन्।
टस जितेर पहिले फिल्डिङ रोजेको मेलब्रोन स्टार्सले मेलब्रोन डर्बी मेलब्रोन रेनिगेड्स १४५ रनको विजयलक्ष्य पाएको छ। मेलब्रोनस्थित डक्ल्याण्डस् स्टेडियममा जारी खेलमा सन्दीपले १६ रन मात्र खर्चेर ४ ओभर पूरा गरेका हुन्।
सन्दीपले विकेट लिन नसके पनि स्टार्सका एडम जाम्पा र ज्याक्सन बर्डले २–२ विकेट लिए। रेनिगेड्सका टम कोपर ४३ रनमा अविजित रहँदा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे।