नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन जारी रहेकाे छ। निर्वाचनका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। एशोसिएट तर्फको मतदान केन्द्र कार्की बैक्वेटमा वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा र जिल्ला नगरतर्फ राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा तोकिएको हो।
कार्की बैक्वेटमा बिहान ९ बजे, केन्द्रीय कार्यालय टेकुमा १० बजे र प्रज्ञा प्रतिष्ठान कमलादीमा १० बजेदेखि मतदान शुरू भएको हो। कोरोना भाइरस माहामारीकै बेला आयोजना भएको निर्वाचनको स्वास्थ सुरक्षालाई ध्यानमा राखी छुट्टाछुट्टै समूहका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्र ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। महासंघको एक वरिष्ठ उपाध्यक्षसहित तीन विषयगत उपाध्यक्ष र विविध ६० कार्यकारिणी सदस्यहरु गरी कुल ६४ पदका लागि निर्वाचन हुन लागेको हो।