अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा वेस्ट इण्डिजले न्यूजिल्याण्डलाई १ सय ८१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको हो।
वेस्ट इण्डिजको लागि कप्तान किरन पोलार्डले विस्फोटक अर्धशतकीय पारी खेले। उनले ३७ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए। त्यस्तै, आन्द्रे फ्लेचरले ३४, फबियन अलेनले ३० रनको योगदान दिए।
बलिङतर्फ न्यूजिल्याण्डका लोकी फेरगुसनले ४ ओभरमा २१ रन खर्चिँदै ५ विकेट लिए। अर्का बलर टिम साउथीले २ विकेट हात पारे। न्यूजिल्याण्ड अहिले जवाफि ब्याटिङ गरिरहेकाे छ।