काठमाडौं – गृह मन्त्रालयले एसएसपीहरूको सरुवा गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर टेकुको जिम्मेवारी एसएसपी अशोक सिंहले पाएका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी किरण बज्राचार्यलाई पठाइएको छ। काठमाडौं प्रहरी प्रमुखमा एसएसपी श्याम ज्ञवाली र ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई छन्।