सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित रोडमा मोटरसाइकलले ठक्कर दिँदा ३ वर्षीय नाबाललको मृत्यु भएको छ। नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–१ बस्ने मनोज नेपालका छोरा समिर नेपालीको मंगलबार राति मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका समिरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा बाटोमा नै उनले अन्तिम श्वास फेरे।
फरार मोटरसाइक चालककाे खोजी भइरहेकाे प्रहरीले जानकारी दिएको छ।