नेपाली पुरुष क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता २०२३ सम्म रहने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको ओडीआई मान्यता एक वर्ष लम्बाएको हो।
विश्व नै कोरोना महामारकिो चपेटामा परेको कारण आईसीसीले यसबीचमा कुनै पनि अन्तर्राष्ट्रिय सिरिज गराउन सकेको छैन। कोरोना कहरका कारण निर्धारित सिरिजहरु गराउन नसकेको कारण नेपालको ओडीआई मान्यता थप एक वर्ष रहने भएको हो।
नेपालले सन् २०१८ मा चार वर्षको लागि ओडीआई मान्यता पाएको थियो। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले नेपालको ओडीआई मान्यता एक वर्ष थप गर्दै २०२३ मार्चसम्म लम्ब्याएको जानकारी दिएका छन्।