काठमाडाैं –  पछिल्लाे २४ घण्टामा थप १ हजार ९१३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यससँगै कुल संक्रमितकाे संख्या २ लाख ४ हजार २४२ पुगेको छ। 
संक्रमितमध्ये ९ सय ७३ जना काठमाडौं उपत्यकाका  रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।
त्यस्तै, काेरानाबाट थप १५ जनाकाे मृत्यु भएकाे छ । यससँगै मृतककाे संख्या एक हजार १८९ पुगेकाे छ। 
बितेको २४ घण्टामा थप २ हजार ३४९ जना काेराेनामुक्त भएकासँगै नेपालमा काेराेना जित्नेकाे कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।