काठमाडाैं - पुर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेका छन्। मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
मञ्चका आजीवन सदस्यसमेत रहनुभएको लामाको निधनप्रति दुःख प्रकट गर्दै मञ्चले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै, मञ्चले स्व लामाको परिवारजनप्रति धर्यधारण गर्ने क्षमता प्रदान भनी समवेदना प्रकट गरेका छन्।