काठमाडौं– हृदयघातका कारण त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक तथा वातावरणविद् डा. मन कुमार धमलाकाे मृत्यू भएकाे छ। लामो समयदेखि वातावरण क्षेत्रमा अध्ययन गरीरहेका उनको बिहीबार निधन भएको हो।
धमला आयरल्याण्डको लामो बसाइपछि नेपाल फर्किएका थिए। उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्यान्डमा महासचिब पदमा रहेर समेत काम गरेका थिए।
उनी मानव जीवनलाई स्वास्थ्य राख्न वातावरणीय शुद्धता महत्वपूर्ण हुन्छ भन्ने अभियानका अभियन्ता हुन्। नेपालको वातावरणीय क्षेत्रमा उनले उल्लेख्य योगदान दिएका छन्।