गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो।
मानिसको भिडभाड हुने कुनै पनि गतिविधि नगर्न प्रशासनले सर्वसाधरणलाई सुचित गराएको छ। तिहारको बेला नागचान गर्ने, पिङ हाल्ने, पटाका पड्काउने, भेटघाटका कार्यक्रमजस्ता काम नर्गन अनुरोध गरिएको निमित्त जिल्ला प्रमुख अधिकारी देवी पाण्डेले जनाएका छन्।
