काठमाडाैं- शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत एक मृगौला पिडितले आफ्नो उपचारमा सहयोग गरीदिन अनुरोध गरेका छन्।
उदयपुर त्रियुगा नगरपालिका वडा नं १२ स्थाई घर भएका ३२ वर्षीय सुवास विश्वकर्माले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको हुनाले उपचारमा आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध गरेका हुन्। विश्वकर्माको दुबै मृगौला फेल भई तत्काल डायलोसिस गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण डायलोसिस प्रक्रिया रोकिएको छ।
उनी विगत एक वर्षदेखि उपचार गराइरहेका छन्। उनको ३ सन्तान छन्। सहयोगको लागि तलको नम्बरमा सम्पर्क गर्न उनको परिवारले आग्रह गरेका छन्।
दाइ कमल विश्वकर्मा
त्रियुगा १२ , उदयपुर
सम्पर्क नम्बरः ९८१९९९८९३३


