बिजया दशमीको आज आठौ दिन अर्थात अष्टमी पुजा यसदिनको अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजन तथा दर्शनार्थिहरुको भिड लागेको छ ।
कोरोना महामारीमा विभिन्न जिल्लाका स्थानीय प्रशासनले पुजाआज देखि बलिमा समेत रोक लगाएको भएपनि भाकल गरेका भक्तजनहरुले नजिकैको दुर्गामाताको मन्दिरमा गई पुजाआज गरेका छन् ।
अष्टमी पुजाको कारण विहानैदेखि मठ मन्दिरमा निकै भिडभाड लागेको छ । तथापि कोरोना महामारीको त्रासले गतवर्षजतिको चहलपहल भने देखिएको छैन् ।