काठमाडौँ, ३ फागुन -भारतमा जारी हिरो महिला गोल्डकप को फाइनलमा नेपाल र म्यानमारबीचको खेल उडिसास्थित कलिङ्गा स्टेडियममा भर्खरै शुरु भएको छ।
पहिलो खेलमा म्यानमारसँगै ३-० गोलअन्तरले पराजित भएको नेपाली टोली उक्त पराजयको बदला लिँदै ऐतिहासिक उपलब्धी हासिल गर्न चाहन्छ।
नेपालले शुरुआती ११ मा अन्जिला सुब्बा, हिरा भूजेल, पुनम मगर, गिता राना, मनमाया, मञ्जली योञ्जन, रेनुका नगरकोटी, दिपा राई अनिता बस्नेत, सरु लिम्बु र साबित्रा भण्डारीलाई मैदानमा उतारेको छ।