काठमाडौं– कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल संघले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।
नेपाल सरकारले होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति संघको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो । फुटसल सञ्चालकले आर्थिक संकट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा संघमा पुगेको अध्यक्ष महर्जनको भनाइ छ । संघले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए ।
विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने संघले जनाएको छ ।