एजेन्सी, ३ फागुन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१देखि दक्षिण कोरियाको औपचारिक भ्रमणमा जाने भएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुईदिने भ्रमणका लागि दक्षिण कोरिया जान लागेका भारतीय विदेश मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
दुईपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने नितीअनुसार मोदी अहिले दक्षिण कोरिया जान लागेका अधिकारीहरुले जानकारी दिएका छन्। यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुनले यसअघि सन् २०१८ को जुलाईमा भारतको भ्रमण गरेका थिए।
भ्रमणका क्रममा मोदी र मुनकाबीचमा दुईपक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, साझा स्वार्थ, सहयोग तथा सहकार्यलगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन्।