काठमाडौं– मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको एएफपीले जनाएको छ ।
यो फेसलासँगै फैसलासँगै नजिबले वर्षौं जेलमा बिताउनु पर्नेछ । तर उनलाई सँजाय के के हुने भन्ने तोकिसकेको छैन, यद्यपी उनलाई जन्म कैद र जरिवानाजस्ता सँजायमाथि निर्णय हुने अनुमान छ ।
न्यायाधीश मोहमद नजलान मोहमद घजालीले नजिबका वकीलले प्रस्तुत गरेका सबै तर्कलाई खारेज गर्दै नजिबमाथि सातवटा अभियोगमा दोषी ठहर गरिएको फैसला गरेका हुन् । अदालतमा फैसला सुनाउँदा नजिब शान्त देखिएका ६७ वर्षीय नजिबले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) लगानी परियोजनाबाट भएका रियल स्टेटदेखि बहुमूल्य कलासामग्रीको खरिदमा अर्बौं डलर घोटाला भएको अदालतले ठहर गरेको हो ।
अदालतबाहिर भेला भएका सयौं क्रुद्ध समर्थकहरुले नजिबमाथि अन्याय भएको भन्दै नाराबाजी गरेका थिए ।