भारतीय सुपरस्टार अभिताभ वच्चनलाई कोरोना संक्रमण भएको केहि समयभित्रै उनका छोरा अभिषेक वच्चनलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।
४४ वषिृय अभिषेकले आफ्नो आधिकारिक ट्वीटरमार्फत यसको जानकारी दिएका हुन्। अभिषेकलाई पनि अहिले नानावती अस्पतालमा चर्ना गरेर उपचार शुरु गरिएको छ।
यो पनि पढ्नुहोसः अभिताभ बच्चनलाई कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
अभिषेक वेभ सिरीजको डबिङका लागि घर बाहिर निस्कने गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ। डबिङका लागि बाहिर निस्कीएकै बेलामा उनलाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।
