काठमाडौँ, २ फागुन – राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत आज (बिहीबार) भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस् क्लब विजयी भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
पुल्चोकको जितमा रामकाजी कुमाल र टीकाराज गुरुङले १–१ गोल गरे। रामकाजीले खेलको शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले। त्यस्तै टीकाराजले खेलको पहिलो हाफको ३५औँ मिनेटमा एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।
यता पराजित मध्यपुरका लागि प्रदीप लम्सालले खेलको दोस्रो हाफको ५२औँ मिनेटमा १ सान्त्वना गोल फर्काएका थिए। (रासस)