एजेन्सी, २ फागुन – नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ। मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ।
घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ। मारिएका तीन जना पुरुष र १२ जना महिला रहेको पनि वक्तव्यमा जानकारी दिइएको छ।
घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ।
रिभर्स राज्यको राजधानी पोर्ट हारकोर्टमा रहेको रंगशालामा मंगलबार भएको चुनावी र्यालीमा भागदौड भएको थियो। सत्तारुढ दल ‘अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी)’ का समर्थकहरुले राष्ट्रपति मोहम्मद बुहारीको समेत सहभागीतामा र्याली निकालेका थिए।