काठमाडाैं - सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृती अनिवार्य गर्ने भएकाे छ।
आर्थिक बर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिइने बताएका हुन्।
यस्तै, बैदेशिक रोजगारीबाट फर्केकाहरुलई उनीहरुको सीप र रुचीका आधारमा रोजगारी दिईने भएको छ । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप २ लाखलाई रोजगारी दिनेगरि ११ अर्ब ६० करोड बिनीयोजन गरिएको छ ।