एजेन्सी, २ फागुन – आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा योगदानका लागि बेलायतले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बुधबार बताएका छन्।
लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङको भनाइ उद्धृत गर्दै लेबनानी राष्ट्रिय समाचार संस्थाले जानकारी दिएको छ, ‘लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध यस पहिलेको तुलनामा हालका दिनमा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको छ।’
रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिबद्ध बन्नेमा विश्वास गरे।
‘हामीले सधैँ लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्नेछौँ,’ उनले भने। लेबनानको आर्थिक क्षेत्रमा प्रभाव पर्ने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको उनको भनाइ थियो।