पर्वत, २ फागुन – तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपीएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटले पराजित गरेको हो। एपीएफले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २६–२४ र २५–२१ अङ्कले हराएको हो।
एपीएफले २ लाख रुपैयाँ तथा उपविजेता न्यू डायमण्ड एकेडेमीले १ लाख रुपैयाँ पुरस्कार पाएको छ। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भयो। पुलिसले आर्मीलाई २५–१८, ३१–२९ र २५–१६ अङ्कले हराएको हो।
रेडियो दिदीबहिनीले आयोजना गरेको ११औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा सो भलिबल प्रतियोगिताको आयोजना गरिएको हो। (रासस)