काठमाडौं – कोरोेना भाइरस (कोभिड—१९) नियन्त्रण तथा रोकथामका लागि नेपाल यति बेला लकडाउनमा रहे पनि मुलुकभरका इँटा उद्योग भने बन्द नहुने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार निर्माण सामग्रीका साथै इँटा उत्पादन पनि अत्यावश्यक वस्तुअन्तर्गत पर्ने भएकाले इँटा उद्योग बन्द नभएका हुन्। इँटा उद्योग मौसमी भएकाले यसलाई अहिले बन्द गर्ने हो भने आगामी दिनमा इँटाको मूल्य महँगो हुनेछ ।
त्यही भएर सुरक्षाका उपायहरू अपनाएर उत्पादन गर्न उद्योगीहरूलाई जानकारी गराइएको राज्यमन्त्री दुगडले बताए। यद्यपि नेपाल इँटा उद्योग महासंघले १ हप्ताअघि इँटा उद्योग बन्द नगर्न भन्दै मन्त्रालयमा निवेदन दिएको थियो।
मजदूर तथा श्रमिकहरू इँटा उद्योगभित्र नै बस्ने र बाहिरको आवतजावत पनि कम हुने भएकाले कोरोना भाइरसको संक्रमण उच्च नहुने उनको तर्क छ। कोइला आयातका लागि ढुवानी गर्न सवारीसाधनलाई पास तथा सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन्।