पोखरा – पोखराआसपासको क्षेत्रबाट बिहिबार राती आकाशमा अनौठो चम्किलो वस्तु देखिएको छ। करिव सवा ८ बजेको समयमा धुवाँसहित झरीरहेको देखिएकोे ठोस वस्तु उल्कापिण्ड भएको अनुमान गरिएको छ।
‘‘त्यो झरेको वस्तु उल्कापिण्ड हुनसक्छ’’, पोखराको करुणानिधी एजुकेशन फाउण्डेशनका विज्ञान बिषयका अध्यापक ईश्वर प्रसाद खनालले भने, ‘‘पृथ्वीको सतहसम्म आईपुग्ने क्रममा वायूमण्डलीय घर्षणको कारणले गर्दा बल्छ, त्यसैको प्रकाश देखिएको हुनसक्छ।’’
यसरी झर्ने उल्कापिण्डका कारण कहिलेकाँही जनधनको क्षती पनि हुनसक्ने उनले जानकारी दिए। ‘‘यो खासै ठुलो आकारको हुदैन्’’, उनले थपे ‘‘तर, यसले क्षती पनि पुर्याउनसक्छ।’’
अहिले देखिएको वस्तु उल्कापिण्ड वा अरु केहि भन्ने बिषयमा आधिकारीक जानकारी भने कतैबाट आएको छैन्।