काठमाडौं– तराई तथा मधेशमा आज (मंगलबार) धुमधामका साथ होली पर्व मनाइँदैछ। आज गाउँ तथा सहरमा आफन्तको आर्शिवाद लिँदै होलीको रंग थाप्ने चलन समेत रहेको छ।
यस्तै साथिहरुबीच र आफन्तहरुबीच रिसराग बिर्साउन र आपसी प्रेम बढाउने पर्वको रुपमा समेत होली मनाइँने गरिन्छ।
होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ। परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ।
होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको पर्वको रुपमा लिइन्छ। होली मनाउन तराईका जिल्लामा आज सार्वजनिक विदा समेत दिइएको छ।
उपत्यका तथा पहाडी क्षेत्रमा पनि तराईमुलकाहरुले आज नै होली मनाउने गरेका छन्। पहाडी तथा हिमाली क्षेत्रमा हिजो नै फागु अर्थात होली मनाइएको छ।