एजेन्सी, २९ माघ – चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पुर्याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्।
मंगलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ। विभिन्न शृङ्खलाबद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले बताए।
दुई मुलुकका उच्च नेताहरूबीच भएको महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ तथा यूरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने, र दुई देशका जनताबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिबद्ध रहेको उल्लेख लीले गरेका छन्।
दुई मुलुकले हातमा हात मिलाएर सम्बन्धलाई पुनर्जीवन दिनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ नमूना विकास गर्नुपर्ने उनको जोड रहेको थियो।
सन् २०१८ लाई दुईपक्षीय सम्बन्ध विकासको बर्षका रूपमा मनाएको र सहकार्यबाट दुई देशको व्यापारमा सन् २०१७ को तुलनामा २७ प्रतिशतको वृद्धि आएको राजदूत लीले बताए। सन् २०१८ मा चीन र अमेरिकाबीच एक खर्ब सात अर्ब अमेरिकी डलर बराबरको व्यापारिक कारोबार भएको थियो।