काठमाडौं– नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो। भनिन्छ, भगवानले समेत नारीलाई बुझ्न सक्दैन। अर्थात नारी रहस्य हुन्, जहाँ रहस्य हुन्छ, त्यहाँ बढी उत्सुकता र आकर्षण हुन्छ। यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकर्षित गरि राखेको हुन्छ। भनिन्छ, नारीलाई बुझ्नु, उनको मन पढ्नु, उनको भावना जान्नु त्यती सहज छैन।
नारीको आकर्षणः
यही रहस्यमय स्वरुपको कारण नारीको आकर्षण सृष्टिको प्रारम्भदेखि अहिलेसम्म लगातार कायम छ। प्राकृतिक आकर्षण र विवाह जस्ता संस्कारलाई सफल र संभव बनाउनका लागि नारीलाई बुझ्नैपर्ने हुन्छ। विज्ञानले नारीमाथि गरेको लामो अनुसन्धान बाट पनि केही यस्ता लक्षणहरु थाहा हुन्छकी, जसले नारीको बारेमा केही हदसम्म जान्न सकिन्छ।
नारीः
शरीर विज्ञानका अनुसार सानो मुख भएको नारी पुरुषका लागि शुभ मानिन्छ। यद्यपी ध्यान दिनुपर्ने चाहि के छ भने, धेरै सानो मुख भएको नारी पनि त्यती ठिक मानिदैन, नारीको नाक यदि सानो छ भने उनीहरु कामकाजी हुन्छन्। नाकको अगिल्लो हिस्सा लामो छ भने, यस्ता नारीले जीवनभर रानीको समान सुखभोग गर्छिन् र जुन नारीको गर्दन सुन्दर, सुडौल छ भने उनीहरु श्रेष्ठ मानिन्छ। सुन्दर गला एवं गर्दन श्रेष्ठताको सूचक पनि हो।
गोलो–गुलाबी ओठः
जुन नारीको ओठको बिचमा रेखा देखिन्छ, उनी सौभाग्यशाली हुन्छन्। नरम, गुलाबी र गोलाकार ओठ भएकी नारीले श्रीमान्लाई सुख दिन्छन्, नारीको दाँत मिलेको, मझौला र सफा छ भने राम्रो मानिन्छ। जुन नारीको दाँत गाईको दुध जस्तै सेतो हुन्छ, उनीहरु श्रीमानका अत्यन्त प्रिय हुन्छन्।
जुन नारीको जिब्रो पातलो, रातो र कोमल हुन्छ, उनले श्रेष्ठ श्रीमान पाउँछिन् र उनीहरुको जीवन सौभाग्यले भरपुर हुन्छ। मृगको जस्तो आँखा भएकी नारी श्रीमानका लागि शुभ मानिन्छ। जुन नारीको औंला कोमल र आपसमा जोडिएको हुन्छ, उनीहरुलाइ परम सौभाग्यशाली मानिन्छ। यसको विपरित यदि कुनै नारीको खुट्टाको औंला आपसमा मिलेका छैनन् भने उनीहरुले धन संचित गर्न सक्दैनन्।