नयाँ दिल्ली, २९ माघ – भारतको राजधानी दिल्लीको करोलबागस्थित होटल अर्पित प्यालेसमा मंगलबार बिहान भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ।
विद्युतीय खराबीका कारण भएको आगलागीमा अरु ११ घाइते भएका छन्। दोश्रो तल्लाबाट सुरु भएको आगो तेश्रो र चौथो तल्लासम्म फैलिएको थियो।
एक महिला र एक बालकको आगलागीपछि आत्तिएर झ्यालबाट हाम फाल्ने क्रममा मृत्यु भएको थियो। अन्य १५ जनाको भने होटलभित्रै जलेर ज्यान मृत्यु भएको हो।
अग्नी नियन्त्रकको टोली तत्काल घटनास्थल पुगेपनि १७ जनालाई बचाउन नसकिएको प्रहरी उपआयुक्त एमएस रान्धावाले बताए। टोलीले होटलभित्र फसेका ३५ जनालाई भने सकुशल उद्धार गरेको थियो।