एजेन्सी– आइसीसी महिला विश्वकप टी–२० क्रिकेट अन्तर्गतको खेलमा भारतले न्युजिल्याण्डविरुद्ध रोमाञ्चक जित निकालेको छ। आज (बिहिबार) भएको खेलमा भारतले न्युजिल्याण्डलाई ३ रनले पराजित गरेको हो।
भारतले दिएको १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो। उसको लागि अमेलिया केरले अविजित ३४ रन, कतेइ मार्टिनले २५ रन, म्याडि ग्रिनले २४ रन बनाइन् भने अन्य ब्याट्सवुमनले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतको बलिङमा दिप्ती शर्मा, शिखा पाण्डे, राजेश्वरी गयाक्वाड, पुनम यादव र राधा यादवले समान एक एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो।
भारतको लागि शफली भर्माले सर्वाधिक ४६ रन बनाइन्। त्यस्तै तानिया भाटियाले २३ रन राधा यादवले १४ रन, स्मृति मन्धनाले ११ रन बनाएकी थिइन्। न्युजिल्याण्डको बलिङमा रोजम्यारी मइरले २ विकेट लिँदा लिया तहुहु र साफि डिभिनले समान एक एक विकेट लिइन्।