कैलाली, २९ माघ – धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा जारी डीपीएलको तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्ससामु ९६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेकोे अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९५ रन जोड्यो। धनगढीको घातक बलिङका सामु सन्नी पटेलले अत्तरियाका लागि अविजित रहँदै २८ बलमा सर्वाधिक ३५ रन जोडे।
त्यस्तै जयकिशन कोश्लावालाले २१, प्रेम तामाङले १२ र कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए। टस हारेर फिल्डिङमा उत्रिएको धनगढीका रोहन मुस्तफाले २ विकेट अमीर तथा हायत, सोमपाल र बिपिन खत्रीले १–१ विकेट लिए।