काठमाडौं– नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४७ औँ ग्याल्पो ल्होसार मनाउँदै छन्। फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाउने गर्छन्।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। सोमबारदेखि मुसा वर्ष सुरु हुँदैछ। फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा ग्याल्पो ल्होसार मनाइन्छ।
भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन्। हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने यो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ। पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसारको पर्व मनाउँछन्।