काठमाडाैं– संविधान संशोधनका लागि पाल कम्युनिस्ट पार्टी (नेकपा) ले रिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजकत्वमा कार्यदल बनाएकाे छ। शनिबार बसेको सचिवालय बैठकले ३ सदस्यीय कार्यदल बनाएकाे हाे।
कार्यदलकाे सदस्यमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन्। कार्यदलले संविधान संशोधनको विषयमा गृहकार्य गर्ने नेकपाले जनाएकाे छ। संविधान संशोधन गरेर भए पनि नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने तयारी गरेको छ। सोही तयारी अनुसार शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गृहकार्य गर्नेगरी कार्यदल बनाएको हो।
संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो। नेकपा केन्द्रीय समिति बैठकले गौतमलाई माघ १९ गते उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो।