काठमाडाैं – नेपाली काँग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज बिहान प्रेस वक्तव्य जारी गर्दै सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान प्रकृया अघि बढाउन माग गरेका छन्।
‘‘सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठुलो रकमको अनियमितता तयारी भईरहेको थियो भन्ने अनुमानित बिवरण यस अघि नै सार्वजनिक भएका थिए,’’ वक्तव्यमा लेखिएको छ, ‘‘तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको छ।’
यसैविच प्रवक्ता शर्माले उक्त वक्तत्य ट्वीटर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेन्सन’ गरेर लेखेका छन्, ‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्। न दाँया न बायाँ, सिधा बर्खास्त गर्नुहोस।’’
