काठमाडाैं– पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भएकी छिन्। तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने बताइएकाे छ।
उनले आज दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिनेछिन्। समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालय खाली रहकाे थियाे। रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन्।