काठमाडौँ, २८ माघ – लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गरेका छन्।
महासचिव गुटेर्रेसले आइतबार उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहहरूलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने विचार व्यक्त गरे।
उनले भने, ‘लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र सङ्घको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु हो।’
अफ्रिकन यूनियनको फेबु्रअरी १० र ११ मा भइरहेको ३२ औँ शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेताहरूलाई अदिस अबाबामा सम्बोधन गर्दै उनले नेताहरूलाई आग्रह गरेका हुन्।
राष्ट्रसङ्घ प्रमुखले भने, ‘यो समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो। यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्नुस्।’ रासस