सप्तरी– हिजाे (शनिबार) देखि सप्तरीमा मुश्लिम धार्मिकसभा शुरु भएको छ। सप्तरीको बोदे बर्साइन नगरपालिकामा मुस्लिम धर्माम्बलीहरुको सभा सुरू भएको हो।
नेपाल र भारतका मुश्लिम समुदायका मानिसहरुको सहभागिता रहेको उक्त सभामा महिला र बालबालिकाका भने प्रवेश गर्न दिइएको छैन। बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा धार्मिकसभाको आयोजना गरेको छ।
यसअघि नेपाल र भारतका मात्र मुश्लिमहरुको सहभागि गराउनु सर्तसहित सभाको आयोजना गर्न अनुमति दिएको सरकारले तेस्रो मुलुकमा मानिससमेत आएपछि सभा रोक्न निर्देशन दिएको थियो। त्यसलगत्तै आयोजक तेस्रो मुलुका मानिसलाई फर्काउन तयार भएपछि सभा सञ्चालन गर्न अनुमति दिइएको थियो।
सभा शान्तिपुर्ण रुपमा जारी रहेको बताइएको छ। सभामा प्रवचनको कार्यक्रम भइरहेको छ। धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेब आएका छन्। उनी नै मुख्य प्रवचनकर्ता हुन्। मुस्लिम समुदायले धार्मिकसभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री, वितरणमा रोक लगाएको छ।