काठमाडौं– हरेक धर्ममा आ—आफ्नै संस्कार छन्, झन हिन्दु धर्ममा धेरै परम्परागत मान्यताहरु छन्। शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कारमा अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ। मन्दिरमा घण्टी राख्नुकाे धार्मिकसँगै वैज्ञानिक कारण पनि छन्, जुन धेरैलाई थाहा नहुन सक्छ।
धार्मिक कारण
मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ। मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ। तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन्। घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने शास्त्रमा पनि उल्लेख छ। घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ।
वैज्ञानिक कारण
मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ। प्रायः घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन्, जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ।
प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ। जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता पनि रहेको छ।