काठमाडाैं– शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएकाे सम्बाेधन कार्यक्रम राेक्न नेपाली कांग्रेसले आग्रह गरेकाे छ। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रधानमन्त्रीकाे सम्बाेधन राेक्न कांग्रेसले माग गरेकाे हाे।
शोककाे घडीमा सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची रहेकाे छ।