एजेन्सी, २७ माघ – भारतको मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्।
गान्धीले अरुलाई जे-जस्ता आरोप लगाउँदै आएका छन् ती सबै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।
अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसमा अउन चुनौती दिएका थिए।
एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहोर्याउने गरेको आरोप लगाएका थिए।
गान्धीका ती आरोपको खण्डन गर्दै पूर्वमुख्यमन्त्री चौहानले आज उक्त कुरा बताएका हुन्। भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्को तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन्।(रासस)