एजेन्सी, २७ माघ – ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ। सन् २०१२ मा कुल जनसंख्याको ७४ दशमलव २२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२ दशमलव ६२ प्रतिशत भएको अधिकारीले जनाएका छन्।
आन्तरिक मामिला अधिकारीले यो तथ्याङ्कबाट आश्रितको संख्या बढ्दै गएको देखिएको पनि बताएका छन्। सन् २०१८ को अन्त्यसम्ममा ताइवानको कुल जनसंख्या दुई करोड ३५ लाख ९० हजार रहेको तथ्याङ्क छ। ताइवानमा १५ बर्षदेखि ६४ बर्षसम्मको जनसंख्यालाई क्रियाशील जनसंख्या मानिएको छ।(रासस)