एजेन्सी, २६ माघ – सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा आक्रमण गरेको आरोपमा ७ जना जिहादीलाई जन्मकैदको सजाए दिइएको छ।
सरकारी न्यायाधिसहरुले शनिबार उक्त जानकारी सार्वजनिक गरेका छन्। यस आक्रमणमा परी दर्जर्नौ पर्यटक मारिएका थिए।
ती ७ जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधिषहरुले जानकारी दिएको छ।
जेल सजाय ६ देखि १६ बर्षसम्म भएको बताइएको छ।(रासस)